Wednesday, August 22, 2018

A Pardesi In Paradise- Readers Comments

A Pardesi in Paradise: What readers say about the book?



***

Thoroughly enjoyed the book, A Pardesi in Paradise, by an exiled Bhutanese Dr. Govinda Rizal.
This book is absolutely absorbing, interesting and authentic in its content. Dr. Govinda narrates a compelling story of his life's journey from childhood in SWADESH in Rizal Danda in Gaylegphug Bhutan to his current state as a scholar and (stateless) PARDESI in Paradise. It is a very personal and intimate story surrounding his life that is narrated in a most lucid, vivid and captivating manner. Reading his story, one can feel the presence of Dr. Govinda with his distinguished signature wit and pun. Thanks to his religious habit of keeping a written diary year after year, which has provided a great narrative substance, continuity and strength to his story encompassing his rich and personal life experiences in context of wider social, cultural, religious and political arena. His experience as an academic has helped to delve deeper into the topic of Bhutanese political crisis aiding to extract the facts that were less revealed in past writings.
As the presentation contains his personal perspective, many would have an alternate take on different issues that he has set in his story. I respectfully differ with him in terms of my transition from AMCC to UFD movement. As a principle author of concept of AMCC, I had explained on the out set that the phase-wise campaign of AMCC was in escalating order similar to Gandhi's campaign in order of ‘Satyagraha’ to ‘Non-cooperation Movement’ to ‘Quit India Movement’. To remain static in a given phase is to confine oneself into a vicious circle and eventual oblivion. Nonetheless, Dr. Govinda always have the right to his perspective and standpoint.

Undoubtedly, Dr. Govinda deserves a huge appreciation for his deep research on getting the facts out on the broader issues and more importantly on multilateral diplomatic initiatives attempting to address the Bhutanese refugee imbroglio prior to third country resettlement. Although the book is written as a first hand individual life experience story, it contains some interesting concepts and thoughts, and considerable research based facts carrying historical significance and relevance to the Bhutanese diaspora resettled globally.
Hats off to Dr. Govinda Rizal for bringing out this wonderful book - A Pardesi in Paradise. Feeling very proud and happy of the excellent work done by a fellow activist

***

Finished Dr.Govinda Rizal’s Pardesi in paradise !worth reading!!!! 
 ***
Anyone who is interested to know about the political imbroglio and upheavals of the last Shangri-La should read this book. The truth of Bhutanese exodus is barely documented. ‘A Pardesi In Paradise' written by Dr. Govinda Rizal is a standard history and a solid testimony of Bhutan past and present.
It is an extensive, well-researched, and the first-hand authenticity of Bhutanese expulsion and the chronicles of the decades doomed life in the limbo. I find it very enlightening!

***

‘अ परदेशी इन प्याराडाइस’ विशेष थर्ड जेनेरेसनलाई



जे एन दाहाल
पेन्सीलभेनीया अमेरीका
अङ्ग्रेजी पुस्तक लेखक डा. गोविन्द रिजालको संस्मरणात्मक लेख मेरो हात परेको यही दुई हप्ता भएको हुनु पर्छ। ‘अ परदेशी इन प्याराडाइस’ आवरणकोनाम पुनस् दोहोर्याएर पढेँ किनकि त्यसले नै मलाई काफी कौतुहल्ता दिलाई सकेको थियो। अङ्ग्रेजी साहित्यको कलिलो पाठक भएपनि बडो उत्सुकतासाथ कम्पनीको लन्च र ब्रेकसँगै पुस्तक हातमा समाई रहेँ । पन्ध्र दिनको लगातार पढाई सिध्याएर यसको समीक्षा लेख्न बसेको छु । यसैबीच मलाई पढ्दैगर्दा मनमा लागेका कुरा पेन्सीलले अन्डरलाइन गरी ती जिज्ञासा लेखकसँग साटिसकेको छु । ती केही कुरा यहाँ खोतल्ने छु ।
विषय प्रवेशः
लेखकीय भाषामा भन्दा स्वदेशबाट कथाको सुरुवात हुन्छ, गेलेफु जहाँ लेखकले आफ्नो बाल्यकाल बिताए । त्यो समयमा यस्तो चलन थियो, दाहिने हातले देब्रे कान र देब्रे हातले दाहिने छुन सफल भए पछि मात्र स्कुल लागाउने गरिन्थ्यो । सम्भवत यो चलन चल्ली भूटानमा मात्र थियो ।
‘डबल सिटीजन कार्डस् एण्ड नो स्टेट’ शीर्षकमा पृष्ठ नम्बर ९ मा एउटा प्रसङ्ग छ । उनले पढ्ने याङ्ग्चेन्फु हाई स्कुलमा प्रिन्सिपलले परीक्षाका लागि सिटिजन कार्डमा (भूटानी नागरिक्ताको प्रमाणपत्र) भएकै विवरण फारममा भर्नु भनिएको थियो । उनले आफूसँग सिटीजन कार्ड नभएको र डिस्ट्रीक अफिस (जिल्ला कार्यालय) बाट अझै सिटीजन कार्ड नपाएको कुरा सुनाए । कसैले मोतीथाङ् इमिग्रेसन डिपार्टमेन्ट जाँदा त्यहाँ मिल्छ भने पछि ढोका ढक्ढक्याउन पुग्छन् ।
सोही विवरण बताएपछि इमिग्रेसनले सिटीजन कार्ड बनाइदिन्छ । पछि गेलेफू फर्किएपछि थाहा हुन्छ गाउँमा उनको अर्को सिटिजन कार्ड दिइसकेको हुन्छ । त्यो समयमा यसरी एउटै व्यक्तिका दुई भिन्नभिन्नै दर्ता नम्बरसहित सिटिजन पाउनु चानचुने कुरो होइन । यो पुस्तकको सुरुवातकै रोचक प्रसङ्ग हो ।
भूटानमा मुख्यतः चार तरिकाले सम्बन्ध गाँसिन्छ । जन्म, विवाह, मित र बसोबास । यस सुन्दर र शान्त भूमिमा चारै प्रजातिका मानिसहरू बसोबासगर्छन्ः ङालोङ्ग, सार्सोप, ल्होत्साम्पा र डोया (लोप) । जब ङालोङ्गमा ल्होत्साम्पा जातिको प्रगति देखेर डाह उत्पन्न हुन्छ तब ङालोङ्ग (ड्रुक्पा) जातिले नेपालीसँग बिहे होस् भन्ने सम्म चाहना राख्छन् तर चाहना राखिसक्दा सम्भव हुने कुरा थिएन । त्यसैले तिनै ड्रुक्पाले केही समयपछि यसरी अन्तरजातीबिहे गर्नेलाई न्युल्ट्रम पाँच हजार र जग्गा जमिन पनि दिने भन्ने प्रलोभन बाँडियो । तर पनि सफल भएनन् । ती मान्छेले नेपाली जातिलाई कुन दृष्टिले हेर्थे भन्ने यहीँबाट प्रस्ट बुझिन्छ । १९९० मा ‘रोयल गोभ्मेन्ट अफ भूटान’ले गरेको जनगणाका आधारमा भूटानी जनातालाई एफ वानदेखि एफ सेभेनसम्म वर्गीकरण गरिएको थियो । जसमा एकै परिवारको सदस्यहरूमा बाबु एफ वान, आमा एफ टु र छोरा छोरी एफ सेवेनसम्म पारिएको थियो । जसको अर्थ हुन्छ, एफ वानः खाट्टी भूटानी र एफ सेवेनः नन् भुट्निज अथवा गैरभूटानी । एफ सेवेन देशका नागरिक नभएकाले छोड्नुपर्ने भनिएको थियो । यो वर्गीकरणमा दक्षिण भूटानी, मूलतः नेपाली भाषी धेरै दुखी भए । सेन्चेसको (जनगणाको) निर्णय सहन नसकी शिक्षक गोविन्द र सिता मोतेले त्यहीँ आत्महत्यासमेत गरेका हुन् ।
१९९० मा दक्षिण भूटानीका आँखैअघि नेपाली पुस्तक जलाइन्छ । यो हृदयविधारक घटना हो । यसका साथै बेरोजगारी, भेदभाव, घृणा र दबाब सहनुपर्छ । भूटानी राजाको एकतन्त्र शासन प्रणालीका कारण त्यहाँबाट लखेटीनु केही साल अघि कत्ती परिवार जग्गाजमिन बेचेर भारतको जयगाउँ र नेपाल समेत बसाईसर्नु त्यो समयको बाध्यता हो । यद्यपि प्राय भूटानीले आफ्नो जग्गाजमिनको नाम सारी नगरी देश छोडेका हुन् ।
गाउँ घरमा रोयल आर्मी खटाएर दुस्ख दिएको घटनाको एउटा उदाहरण पेज १०५ मा ‘वार्य रेप ईज राईट’ शीर्षकमा एउटी चेलीको दुखद वलात्कृत घटना मार्मीक रूपमा प्रस्तुत छ । यो पढ्ने जो कोही पाठकको भारी मनले भन्छ छी! छी!! छी !!! भूटानी सरकारको ज्यादतीका पाना अघि बढ्दै जान्छन । मङ्कलेयो ड्रुक्पाको मात्र देश हो, नेपालीको हैन ! मानौँ नेपाली भएर जन्मनु नै गल्ती हो भन्ने देखाएका छन् । यो वाक्यले पनि च्वास्स घोच्छ ।
डा. रिजाल भूटानमा नै बाह्र पास गरेर इण्ठियाको बाटो हुँदै पछि एक्लै नेपाल आएका हुन् । नेपालको बेल्डाँगी शिविरमा बसोबास गरेका उनका बाबा आमा रआफ्नतहरूको बसाइ उनले अपेक्षा गरेजस्तो थिएन । बाँसको घर, माटाले लिपपोत्त गरेको परिवारका सदस्यसँग भेट भएकोमा खुसी हुन्छन् भने त्यहाँको परिवेश देखेर उनी धेरै दुःखी बन्छन् ।
“कल्चर इन एक्जायल्ड” शीर्षकमा पाना नम्बर १९३ मा लेखिएको छ, भूटानमा दसैँमा सेतो टिका लगाइन्थ्यो यद्यपि धेरै भूटानीले नेपाल आ पछि रातो रङ्गको टीका लगाउन थालेका हुन् । भूटान छाड्नुअघि १९८६ सालमा टीका लाएको स्मरण गर्दै १९९४ शरणार्थी क्याम्पमा टीका ग्रहण गर्छन् ।
यो पुस्तक लेखकको विद्यार्थी जीवन, शरणार्थी अभावको अनुभव र शिक्षण पेसाकै सेरोफेरोमा घुम्छ । यहाँ मार्मिक कुरा यो छ कि भूटानमा दुई दुईवटा सिटीजन कार्ड पाउने लेखकसँग हाल न भूटानी नागरिकता छ, न नेपाली । चाहँदाचाहँदै पनि न अमेरिका जान सक्छन्, न स्वदेश फर्कन सक्छन् ! कहिलेसम्म परदेशी रहने? कहिले फर्कनु स्वदेश? उनको वर्तमान यिनै कुराले सताएको छ भने भविष्य के होला? यो प्रश्न हामी सबैलाई छाडेका छन् ।
गेलेफू हस्पिटलमा बिरामी आफ्नी हजुर आमासँग ( लेखकको भाषामा आमै) भूटान छाड्नुअघि अन्तिमपटक भेट्छन । उनले भनेकी छन्, ‘अब हाम्रो भेट हुँदैन’ तर त्यो पछि आमैको प्रसङ्ग आउँदैन? उहाँ भूटानमै बित्नुभयो या नेपालमा ? यो प्रसङ्ग पनि क्रमशः ल्याउनु प¥थ्यो । लेखकको आफ्नै कलात्मक शिल्पमा स्वदेश, पर्देश र विदेश शब्द अङ्ग्रेजी भाषामा जस्ताको त्यस्तै उतारिएको छ । उहाँको भनाइमा, यी शब्दहरूको यो भन्दा राम्रो अनुवाद हुन सक्दैन । मलाई यो निक्कै रोचक लाग्यो ।
सबै भन्दा महत्त्वपूर्ण कुरा पुनर्वासपछि एसिया, अस्ट्रेलिया, उत्तर अमेरिका र युरोपमा रहेका भूटानी समुदायको थर्ड जेनेरेसनलाई जो अङ्ग्रेजीमा अब्बल छन्, तिनीहरूलाई यो पुस्तक विशेष ज्ञानवर्दक रहने देखिन्छ । किनकि उनीहरूले झुटो इतिहास पढ्नु पर्ने बाध्यता छैन ।
यो पुस्तक पढी सक्दा अङ्ग्रेजी पाठकले पनि स्वदेश, विदेश र परदेशको अर्थबोध गर्छन् र सोच्न थाल्छन् कि उनको विदेश र परदेश के के हुन् ।
कारीटस नेपालले जोङ्खा भाषा शिविरका स्कुलमा भित्र्याएपछि मान्छेहरू भूटानी भनेर आफूलाई चिनाउन लाग्छन् । तर महत्त्वपूर्ण कुरा यहाँ लेखकले छुटाएकै हो जस्तो मलाई लाग्छ । जोङ्खा भाषा भित्रनु अघि शिविरमा संस्कृत पढाइन्थ्यो । त्यसपछि मात्र जोङ्खा भित्रिएको हो । यसको प्रसङ्ग पुस्तकको अन्तिम पानासम्म कतै भेटिन्न । पुस्तकमा भूटानभित्र र बाहिरको जनआन्दोलन बाहेक दर्शन, साहित्य, धर्म र विचार पनि छ, जसले पाठकलाई कतै मज्जाले हँसाउँछ त कतै रुवाउँछ । कतै बिचरा भन्ने भावनात्मक बनाउँछ ।
भूटानी नेताहरूको पहलमा स्वदेश फर्कन शारणार्थीहरुले मेचीपुल सम्मको ‘पिस मार्च’ नामक र्याली निकालिएको थियो । अफ्सोच भारतीय सरकारले जबर्जस्ती पक्राउ गरेपछि १५० (महिला तथा पुरुष) जना सिलगुडी जेलमा पर्नु जस्तो दुखद् घटना पाठकले अपेक्षा गरेको हुँदैन । शान्ति जुलुसमा निस्किएका मानिसहरू भारतीय सेनाले कसरी जेलमा थुन्न सकेको होला ? कत्रो ठूलो जिज्ञासा उत्पन्न गर्छ ।
अझ सङ्घर्षको कथा सुरु हुन्छ जब यही समय बाबुराम सिग्देन इण्डियामा बित्नुभएको घटना बाहिर आउँछ । यहाँका पंक्ति पढ्दा पाठकले आँसु खसाल्छ । पुस्तकमा भूटानी इतिहास, राजनीति, भूगोल, भाषा र संस्कृतिको सार्है सरल तरिकाले बयान गर्नु भएको छ । पुस्तक आफैँमा स्मरणात्मक भएकाले पानाका लामो इतिहासको कालखण्ड पढिरहँदा कथाक्रम बढाएर र यो इतिहास अलि छोट्याउन पनि सकिन्थ्यो कि भन्ने देखिन्छ ।
शान्ता उनकी श्रीमतीका साथ र सहयोगमा सिडियो कार्यालय चन्द्रगढी र सिंहदरवार काठमाडौँ धाउँदै रिफ्युजी ट्राभल्स डोकुमेन्ट लिएर उनी जापान र फिलिपिन्स सम्मको यात्रा तय गर्छन् । जहाँ उनी पी.एच.डी गरेर डाक्टर उपाधी हाँसिल गर्न सफल बन्छन् । नयाँ परिवेशमा गएर चुनौतीबीच सङ्घर्ष गरी सफलता हात पार्नु ठूलो प्राप्तिको ।
उपसंहारः
पुस्तकमा डा. रिजाल निकै भावुक गरी तीतो सत्य यसरी पोखेका छन् । लाखौँ मान्छेलाई देशबाट धपाउनु मानवीय अपराध हो । भूटान सरकारले अपमानजनक अपराध गरेको छ । “परदेशी इन पेराडाइज” शीर्षक पेज नम्बर ४९७ अन्तिमतिर लेखेका छन् । सयौँपल्ट काण्डमाण्डौँ र दमक धाउँदा बल्ल रिफ्युजी ट्राभल्स डोकोमेन्ट पाएको छु, जुन नेपाली पास्पोर्ट भन्दा चार गुणा महँगो र अवधि सालभरको मात्र हुन्छ । हाल म त्यसैका आडमा यात्रा गरिरहेकोरहेका छुतर यो क्रम कहिले सम्म चल्छ? के मेरो भूटान फर्कने या अमेरिका प्रस्थान गर्ने रुचि नभएको हो र? तर किन नेपाल सरकारले उपाय निकाली रहेको छैन्? यसरी गम्भीर घटना देखाउँदै परदेशी इन पेराडाईस सकिन्छ र यो समस्या पनि त्यसरी नै टुङ्गो लागोस् भन्ने म चाहन्छु ।

***
I recommend everyone to read this book. I find it so interesting that I completed it just in a day. I was a kid when my family left Bhutan for Nepal and never fully understood the reason behind it. This book gives some ideas about it. Since the writer of this book Mr. Govinda Rizal was directly involved in the movement, it also includes the details about the March to Bhutan organized by AMCC in the year 1996. I’m not advertising this book for sale, although it’s worth buying. I own a copy if anyone wants to read and return it.

***

Pardesi in Paradise
It’s a great autobiographical book written by debut author. It’s a true story of a village boy about how he grew up; what were his challenges at different stages of life; how he became a refugee and the struggles that followed. The stories in the book are engaging and inspiring. The wisdom collected and presented in this book is useful for historical studies about Bhutanese issues.
For the next edition of the book, I would consider to bring changes in the following areas:
1) the book badly needs editing by an honest professional editor.
2) target reader population is limited. I would broaden the reader population by providing meaning or definitions of the unfamiliar words or concepts in footnotes in each page and also minimize the use of dialects
3) some of the topics like AMCC are too long to keep the readers engaged.
By cutting the over details, we can make the book smaller and also would sell more if you bring down the price to $10 or $15 a piece.
I hope I am not hurting you feelings by my review of the book but my suggestions are honest to help a friend. You have authored a book for which I salute you, my brother.
***



A Book about Bhutanese Refugee Issue (Pardesi in Paradise ) by Dr. Govinda Rizal is getting more popular day by day among the concerned experts in The Netherlands.
Ram B Karki





3 comments: