Tuesday, September 20, 2022

संक्षिप्त समीक्षा: “बदलिएको कर्तव्य” र “बेजोड बन्ध”

 आई पी अधिकारी

एड्लेड, अष्ट्रेलिया 

प्रवासी नेपाली साहित्यले बिस्तारै पुनर्वासित भुटानी समुदायमा जरा गाड्दै छ । साहित्यिक पुस्तकहरू निस्कने क्रम निकै बढेको छ । अबको बाटो पाठक खोज्ने हो, स्तरोन्नति गर्ने हो । त्यसका लागि लेखनमा गहनता, विषयमा बौद्धिकता, भाषामा मौलिकता र प्रस्तुतिमा मिठास आवश्यक देखिन्छ । आफन्त र चिनेको आधारमा मात्र पुस्तक किनिदिने पाठकका लागि मात्र साहित्य लेखेर नपुग्ला । आज दुई कथा सङ्ग्रहबारे चर्चा गर्ने प्रयास गरेको छु ।

बदलिएको कर्तव्य

गङ्गाराम लामिटारेको जुन २०२२ मा प्रकाशित बदलिएको कर्तव्य हात पर्‍यो । पढ्ने उत्सुकता जाग्यो ।  पढे । पुस्तकमा १६ वटा लघु कथाहरू र लेखहरू समेटिएका छन् । भूटान, नेपालको शरणार्थी शिविर र अमेरिका पुनर्वास पछिका जीवनबारे कथाहरू कोरिएका छन् । समग्रमा सङ्ग्रहले लेखकको परिचय र पृष्ठभूमि स्पष्ट बताउँछ । लेख तथा कथाहरू कम काल्पनिक र धेर तथ्यपरक छन्, सत्य घटनामा आधारित हुन कि भन्ने लाग्छ ।

सृजनाहरूमा विविधता छ । भुटानको प्रजातान्त्रिक आन्दोलन, न्याय प्रणाली, सरकार विरोधीहरूले भोगेका यातना, त्यसले समाजमा सृजना गरेको त्रास र भुटानीहरू देश छोड्नका कारणहरू  झल्कन्छन् । दमनले दिएको दुःख छ, सङ्घर्षले सिकाएको पाठ छ, विस्थापनले सिर्जेको पीडा छ अनि अस्थिरताले ल्याएको अन्यौलता पनि छ । भुटानको पुरातनवादी जीवनशैली, शरणार्थी शिविरमा पाइएका अनेकन् दुःख अनि पुनर्वासका क्रममा र पुनर्वास पछि आइपरेका समस्याहरू र अवसरहरू बारे बुझ्नलाई पुस्तक भर पर्दो श्रोत बन्न सक्छ । लेखकले बाँचेका तीन मुलुक – भुटान, नेपाल र अमेरिका – मा रहेको यौन बारे नितान्त पृथक् दृष्टिकोणका विषयमा पनि जानकारी दिन खोजिएको जस्तो देखिन्छ ।

छोटा शीर्षक र सरल भाषाले लेखकको सरलता बारे परिचय दिन्छ । विषयलाई बुझ्न सजिलो बनाइदिन्छ । भाषिक क्लिष्टता कतै छैन । सामान्य नेपाली पढ्ने सक्नेले पनि पुस्तक पढ्न सक्छ, घरि घरि घोत्लिनु पर्ने वा अर्थ पर्गेल्नु पर्ने केही छैन । तर लेखकले सुधार्नु पर्ने धेरै छन् । मैले केही मात्र उल्लेख गर्ने चाहेँ यहाँ ।

धेरै सृजनाहरू कथा भन्न लायक छैनन्, निबन्ध वा आत्मकथा जस्ता लाग्छन् । थोरै मात्र कथा भन्न लायक छन् । पुस्तकलाई कथा सङ्ग्रह नभन्दिएको भए न्याय हुन्थ्यो सायद । त्यसो त लेखक स्वयंले सङ्ग्रहमा कथा वा अकथाहरु रहन सक्ने स्वीकारेका छन् ।

कथाको मिठास त्यतिखेर आउँछ, जतिखेर पाठकले कथाको पात्रसँगको सामीप्य कल्पना गर्न सक्छ अर्थात् पात्रसँग एकाकार हुन सक्छ । लामिटारेको पुस्तकको पाठकले सृजनाका पात्रसँग साक्षात्कार गर्नै पाउँदैन । लाग्छ पाठक र पात्र बिचमा दोभासे उभिएको छ । धेरै ठाउँमा त्यो दोभासेको काम लेखक स्वयमले गरेका छन् । अर्थात् सृजनाको भाषा तेस्रो पुरुष केन्द्रित छ । यो दोभासे न भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।

भाषामा निखार ल्याउन जरुरी देखिन्छ । साहित्य सरल भएर पुग्दैन, सरस पनि हुनु पर्छ । पुस्तकमा समेटिएका लेख र कथाहरू हतारमा लेखिएको जस्तो देखिन्छ । भाषिक त्रुटिहरू प्रशस्त छन्  – खास गरी शब्द चयन र हिज्जेमा । समय लाएर सम्पादन गरेको भए यी सामान्य त्रुटिहरू हटाउन सकिन्थ्यो । लेखक भन्दा पनि प्रकाशकले भाषा सम्पादनमा ध्यान नदिएको हो कि ।

कमजोरी भए पनि भुटानी नेपाली साहित्यमा यस पुस्तकको महत्त्व रहने छ । नयाँ लेखकहरूका लागि पुस्तक प्रेरणा स्रोत बनोस्, स्रष्टा गङ्गाराम लामिटारेलाई शुभकामना ।

___________

बेजोड बन्ध

‘पुरुषको जात जन्मले र नारीको जात विवाहले तय गर्दछ ।’

‘गाजर-कवि’ कथाको यो वाक्यले मेरो मगज घुमाइदियो । यसले मानव सभ्यताको सिङ्गो इतिहास बोलेको छ, समाजमा व्याप्त लैङ्गिक विभेदबारे तिखो व्यङ्ग्य प्रहार गरेको छ । तर आफूलाई सभ्य ठान्ने समाजको ठुलो हिस्सा यसलाई दैवी इच्छा मान्छ । गोविन्द रिजालको कथा सँगालो ‘बेजोड बन्ध’ हात परेको धेरै भएको थियो – पढ्ने मौका मिलेको थिएन । यसपालि जुराइयो ।

वास्तवमा बेजोड बन्ध’ भुटानी नेपाली साहित्यमा निस्केको अहिले सम्मकै उत्कृष्ट कथा सङ्ग्रह भन्दा अन्यथा हुँदैन । अङ्ग्रेजीमा दक्खल राख्ने हाम्रा धेरै अग्रजहरू ‘नेपाली पढ्न लेख्न जान्दिन’ भन्दै गर्दा यस्तै मध्येका एक विद्वानले यति सुगठित र सरस कथा सङ्ग्रह निकाल्नु हाम्रो साहित्यको लागि बहुत ठुलो गुण हो । ‘बबुवाको बोर्सी’ ले त कथाकार मैथिलीमा पनि पोख्त छन् कि भन्ने भान दिन्छ । कृषि वैज्ञानिकको यो ठुलै उपलब्धि हो ।

यस पुस्तकमा १२ कथाहरू समेटिएका छन् । तिनीहरू भुटानी नेपाली साहित्यमा लेखिएका भन्दा औसत लामा कथा छन् । तिनमा व्यङ्ग्य र विवेचना दुवै छ । सामाजिक र सान्दर्भिक छन् । धेरै लामो कालखण्डमा लेखिएका छन् कथाहरू । नेपालको हिंसात्मक द्वन्द्वले समाजमा पारेको प्रभाव, शरणार्थी जीवन, प्रेम, भुटानको दक्षिणी सहर गेलेफु (हात्तीसार) को इतिहास, प्रविधिको सामाजिक प्रयोग र वर्तमान नेपाली समाजको विविध पक्षलाई आफ्नो कथावस्तु बनाएका छन् रिजालले ।

उदाहरणका लागि ‘सर्प्राइज’ कथाले माओवादी द्वन्द्व सृजना गरेको पारिवारिक र सामाजिक घाउ देखाइएको छ । पुनः वियोग र राजाको हात्ती भुटानको पृष्ठभूमिमा लेखिएको छ । पुनः वियोग सन् ९० मा भुटानमा भएको राजनीतिक उथलपुथलले परिवारमा ल्याएको बिचल्ली र लैङ्गिक विभेदलाई कथाकारले बडो सान्दर्भिक रूपमा प्रस्तुत गरेका छन् ।  ९० मा वियोग भएका प्रवासी भुटानी र भुटानमै छाडिएका उनीहरूका आफन्तलाई जसरी आज सामाजिक सञ्जालले जोडेको छ, यो परिवेशलाई ‘पुनः वियोग’ ले छोटकरीमा समेटेको देखिन्छ ।

भाषा सारै स्पष्ट र सटिक लाग्यो । सरल लाग्यो । कथाहरू सरर बगेका छन् । सायद कथा वस्तुमा उतार-चढाव मिसाएको भएको अझ रुचिकार हुने थियो । अङ्ग्रेजीमा भनिन्छ नि ‘क्लाइमेक्स’ – त्यो चाही कथाहरू पढ्दा भेटे जस्तो लागेन । पढ्दा अब के होला भन्ने जिज्ञासा कतै पनि पलाएन । पलाएको भए कथाले पूर्णता पाउने थियो ।

आगामी दिनमा रिजालका थप कथाहरू पढ्न पाउने आस राखेको छु । लेखन यात्राको शुभकामना ।

http://bhutaneseliterature.com/archives/29289#comment-14836

Wednesday, June 29, 2022

Nepali Equivalent of the Following Foreign Words

विश्व भाषामा यस्ता कयौ शब्दहरू छन् जसको ठेट नेपाली शब्द हुदैन र चलन चल्तिमा हुदैन ।
यस्ता केही शब्दहरु यहाँ छन रमाइलो गरि सिक्न को लागी ।।

Age-Otori (Japanese): यदि कसैले कपाल काटेपछि पहिले भन्दा खराब देखिन्छ भने, यो जापानी शब्द त्यो अवस्थाको लागि प्रयोग हुन्छ। यो शब्द केटाहरूको ब्रतबन्धमा कपाल कटाईको वर्णन गर्न प्रयोग गरिन्छ ।

Engili (Telugu)ः जूठो । बुझ्नु भयो?

Eukonkanto (Finnish) अरूकी स्वासनी बोकेर कुद्नु रहेछ । आजभोली, फिनल्याण्डव‍बासीले (अफ्नै) पत्नी बोक्ने प्रतियोगिता बनाएछन ।


Photo: BBC.

Fremdscham (German) : अरू कसैको तर्फबाट लज्जित हुनु रहेछ Fremdscham को अर्थ।
नेपालीमा त ....लाई भन्दा देख्नेलाई लाज पनि भनिन्छ नि ।


Pesamenteiro (Portuguese) अरूको भतेरमा खानलाई घुस्नु भएको छ? रमाइलै हुन्छ - सफल हुँदा वा आसफल हुँदा। तर खानकै निम्ति अन्त्येष्टि मा घुस्ने मान्छेलाइ पिर्तुगिसहरुले pesamenteiro भन्दा रहेछन। कस्तो लाग्यो?

Utepils (Norwegian)ः के तपाईंले कहिल्यै आफ्नो घर बाहिर वा घरबाट टाढा बसेर बियर पिउनुभएको छ। यदि छैन भने, कसरी थाहा पाउनुहुन्छ Utepils को अर्थ ?

TERAI LIFE (AT RUPENDEHI)

 On 10th November 2021, we went around some villages in Rupendehi district. We went to Chhapiya village. There are fish-based resorts. 












































On the way back we took some photos. 

Enjoy the Fotos.

It was the time of Chatt Festival, thus some clips of the festival preparation.