Showing posts with label Dhan Bahadur Khatayet. Show all posts
Showing posts with label Dhan Bahadur Khatayet. Show all posts

Thursday, June 1, 2023

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक

 IN NEWS

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक


डिसी नेपाल    ४ मंसिर २०७८ २२:१७

कर्णाली । कर्णालीमा उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवर्द्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरुले सुझाएका छन् ।

आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राखेका थिए । प्रवक्ता कठायतले खडेरीमा स्याउखेतीको सिँचाइ, हिउँ पोखरीजस्ता नवीन प्रविधिबारे आफ्नो प्रस्तुति राख्दै स्याउ तथा ओखरको गुणस्तर एवं यथोचित विकासका लागि ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन हुनुपर्ने प्रस्ताव राखे ।

उक्त प्रस्तावमा कृषि विज्ञहरु डाक्टरत्रय गिरीधारी सुवेदी, गोविन्द रिजाल र शान्ता कार्की मुलुकको अर्थतन्त्रको विकास तथा नागरिकहरुको दिगो आयआर्जनका लागि बोर्ड आवश्यक रहेको बताए । ‘बोर्ड आवश्यक कुरा हो’, डा सुवेदीले भने, ‘त्यसो हुन नसके भएकै संरचनाबाट काम बढाउने र मौजुदा जनशक्तिको क्षमता बढाउनतर्फ जोड दिनुपर्दछ ।’

उनले परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै भिरालो जमिनमा स्पोर (सानो तर हरेक वर्ष फल्ने) जातको स्याउखेतीतर्फ लाग्न सुझाए । यता कृषि विज्ञ वासुदेव काफ्लेले बोर्ड गठन गर्दा राजनीतिक चलखेल बढी हुने प्रतिक्रिया दिँदै डा कार्कीले बोर्ड नभए ‘स्याउ तथा ओखर प्रवर्द्धन केन्द्र’ बनाएर कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने जनाए ।

बहसमा मन्त्रालयका प्रवक्ता कठायतले कर्णालीमा खडेरी भएको उच्च भागमा स्याउ तथा ओखरखेती गर्न आवश्यक सिँचाइका लागि हिउँ पोखरी वा घैँटोमा वर्षात्को पानी सङ्कलन प्रविधि प्रमुख वैकल्पिक उपाय भएको बताए । “जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु सुक्दै गएका छन्’, उनले भने, ‘अब ‘एक स्याउ बगैँचा, एक सिमेन्ट पोखरी’ कार्यक्रमलाई अभियानात्मक ढङ्गले अघि बढाउनुपर्छ ।’

https://www.dcnepal.com/2021/11/302865/
...........

कर्णालीमा ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन गर्न विज्ञको सुझाव














कर्णाली उत्पादन गरिँदै आएको स्याउ तथा ओखरको विकास एवं प्रवद्र्धन गर्न ‘स्याउ तथा ओखर विकास बोर्ड’ आवश्यक रहेको कृषि विज्ञहरुले सुझाएका छन्।
आज कृषि विज्ञहरुबीच भएको भर्चुअल ‘कृषि बहस–२९’ कार्यक्रममा कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले विकास बोर्ड गठनको प्रस्ताव राखेका थिए। प्रवक्ता कठायतले खडेरीमा स्याउखेतीको सिँचाइ, हिउँ पोखरीजस्ता नवीन प्रविधिबारे आफ्नो प्रस्तुति राख्दै स्याउ तथा ओखरको गुणस्तर एवं यथोचित विकासका लागि ‘स्याउ तथा ओखर विकास बोर्ड’ गठन हुनुपर्ने प्रस्ताव राखे।

उक्त प्रस्तावमा कृषि विज्ञहरु डाक्टरत्रय गिरीधारी सुवेदी, गोविन्द रिजाल र शान्ता कार्की मुलुकको अर्थतन्त्रको विकास तथा नागरिकहरुको दिगो आयआर्जनका लागि बोर्ड आवश्यक रहेको बताए। 

‘बोर्ड आवश्यक कुरा हो’, डा सुवेदीले भने, ‘त्यसो हुन नसके भएकै संरचनाबाट काम बढाउने र मौजुदा जनशक्तिको क्षमता बढाउनतर्फ जोड दिनुपर्दछ।’

उनले परम्परागत खेती प्रणालीलाई विस्थापित गर्दै भिरालो जमिनमा स्पोर (सानो तर हरेक वर्ष फल्ने) जातको स्याउखेतीतर्फ लाग्न सुझाए। यता कृषि विज्ञ वासुदेव काफ्लेले बोर्ड गठन गर्दा राजनीतिक चलखेल बढी हुने प्रतिक्रिया दिँदै डा कार्कीले बोर्ड नभए ‘स्याउ तथा ओखर प्रवद्र्धन केन्द्र’ बनाएर कार्यक्रमलाई प्रभावकारी बनाउन सकिने जनाए।

बहसमा मन्त्रालयका प्रवक्ता कठायतले कर्णालीमा खडेरी भएको उच्च भागमा स्याउ तथा ओखरखेती गर्न आवश्यक सिँचाइका लागि हिउँ पोखरी वा घैँटोमा वर्षात्को पानी सङ्कलन प्रविधि प्रमुख वैकल्पिक उपाय भएको बताए। 

‘जलवायु परिवर्तनका कारण पानीका स्रोतहरु सुक्दै गएका छन्’ उनले भने, ‘अब ‘एक स्याउ बगैँचा, एक सिमेन्ट पोखरी’ कार्यक्रमलाई अभियानात्मक ढङ्गले अघि बढाउनुपर्छ।’ रासस

मंसिर ४, २०७८, शनिबार

https://nepalkhabar.com/economy/112141-2021-11-20-21-41-6

..............

https://www.prasashan.com/2021/11/20/277113/





https://nepalkhabar.com/economy/112141-2021-11-20-21-41-6


https://breaknlinks.com/nepali/news/35168877