Showing posts with label Diaspora. Show all posts
Showing posts with label Diaspora. Show all posts

Monday, February 12, 2024

प्रवासका नेपालीभाषीको अभिभाकत्व ग्रहणको अनुरोध गर्दै त्रिविविलाई ज्ञापन–पत्र

 


साहित्यपोस्ट माघ २९, सोमवार १४:५३

काठमाडौँ । नेपालबाहिर रहेका नेपालीभाषीको शैक्षिक अभिभावकत्व ग्रहणको अनुरोध गर्दै त्रिविविलाई ज्ञापन–पत्र बुझाइएको छ । ९ फेब्रुवरी, शुक्रबार नेपालबाहिर बस्ने नेपालीभाषीहरुको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै अध्ययन–अध्यापनको वातावरण निर्माण गर्न अनुरोध गर्दै त्रिविवि, नेपाली विभागलाई ज्ञापन–पत्र बुझाइएको हो ।

साहित्य परिषद् भुटानका तर्फबाट परिषद्का पूर्वअध्यक्ष भक्त घिमिरे र डा. गोविन्द रिजालले त्रिविवि नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

भुटानबाट निर्वासित भई हाल तेस्रो मुलुुकमा पुनर्वास भएका नेपालीभाषी विद्यार्थीहरुको भाषिक शैक्षिक उन्नतिका लागि विशेष पाठ्यक्रम तथा प्राविधिक सुविधा मिलाइदिन पत्रमा अनुरोध गरिएको छ । परिषद्का पूर्वाध्यक्ष घिमिरे भन्छन्, ‘अंग्रेजी अध्ययनका लागि अक्स्फोर्ड, क्याम्ब्रिज भनेजस्तै भौगोलिक सीमाबाहिर बस्ने नेपालीहरुका लागि त्रिविवि नै हो । तसर्थ, यो दृष्टिको भूमिका त्रिविविले नै खेल्नु पर्छ ।’

त्रिविवि, नेपाली विभाग प्रमुख न्यौपानेबाट सकरात्मक आश्वासन पाएको घिमिरेले साहित्यपोस्टसँगको कुराकानीमा बताएका छन् । नेपालीभाषीहरु विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरुको अभिभावकत्व ग्रहण त्रिविविले लिनुपर्ने उनको तर्क छ ।

‘हामी (भुटानीहरु) ले अनौपचारिक रुपमा नेपाली भाषाको प्रयोग गरे पनि औपचारिक शिक्षा लिन पाएका हुँदैन ।’, घिमिरे भन्छन्, ‘अर्कोतर्फ, नेपाली भाषाको विश्वव्यापीकरणको आवाज उठाइरहेको अवस्थामा भौगोलिक सीमा बाहिर रहेका नेपालीभाषीलाई शिक्षाको पहुँचमा ल्याउनु झनै आवश्यक हुन्छ । यसका लागि नेपालबाहिर रहेरै नेपाली भाषाको औपचारिक अध्ययन तथा अध्यापन गर्ने वातावरण त्रिविविले तयार गरोस् भनी ज्ञापन–पत्र बुझाएका हौँ ।’

प्रा.डा. लक्ष्मणप्रसाद गौतम, उपप्रध्यापक महेश पौड्याल, नारायण गड्तौलालगायतको संयोजनका ज्ञापन–पत्र बुझाइएको थियो । ज्ञापन पत्रमा माग गरिएको विषय समसामयिक र दीर्घकालिक रहेको उहाँहरूको मत रहेको छ ।

https://sahityapost.com/literature-news/136508