Sunday, September 29, 2013

बालिकाका भुत्ला देखेर डाक्टरको मन पलाएपछि…

टाउकोमा मात्र होइन, अनुहार तथा सरीरका अन्य भागमा पनि अनियन्त्रित रुपमा रौँ पलाएर हैरानी व्यहोरीरहेकी एक ४ वषिर्या बालिकाको उद्धार हुने भएको छ । चीनको हुनान प्रान्तकी जिंग जिंग नामकी ती बालिकाको एक प्लास्टिक सर्जनले निशुल्क उपचार गरिदिने भएका हुन् ।
Jing_Jing__1733407a
विशिष्ठ खालको आनुवंशिक रोगका कारण जिउभरी कपाल जस्तै रौँ पलाएपछि जिंग जिंग निकै कुरुप बन्नुका साथै उनको परिवार पनि दुखी बनेको थियो । उनको अनुहार लगभग पूरै रौँ ले ढाकिसकेको छ । अब छिटै ती बालिकाको उपचार सुरु हुने र दुइ वर्षसम्ममा उपचार सकिएर ती बालिकाले नयाँ जिवन पाउने बताइएको छ । बधाई छ नयाँ जिवन पाउन लागेकी ती बालिकालाई अनि साधुवाद ती दयालु प्लास्टिक सर्जनलाई ।

No comments:

Post a Comment